पर्यटनमन्त्री आलेद्वारा मन्त्रीपदबाट राजीनामा
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
आलेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको बताईएको छ । पार्टीले आलेसहित सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोहीअनुसार आलेले आज अध्यक्ष नेपालसमक्ष राजीनामा पत्र बुझाउनु भएको हो ।
मन्त्री आलेले आफुले गरेका कामका बारेमा जानकारी दिन आजै पत्रकार सम्मेलन गर्ने बताउनु भएको छ ।