धन्न बाँचे
काठमाडौं । हमास समूहले शनिबार दक्षिणी इजरायलमा गरेको आक्रमण १० जना नेपालीको मृत्यु भयो, चार जना घाइते भए । घाइते भएकामध्ये एक धनबहादुर चौधरी शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् ।
घर फर्किन चाहने नेपालीहरुलाई लिन सरकारले विमान चार्टर गरेर परराष्ट्रमन्त्री एनपी साउदलाई पठाएको थियो । विमानमा धनबहादुरसहित २५४ जना आएका छन् ।
आक्रमणमा परेर घाइते भएका उनको इजरायलमै उपचार भएको थियो । ह्वील चियरमा राखेर ल्याइएका धनबहादुरले विमानस्थलमा मसिनो स्वरमा भने, ‘धन्न बाँचे ।’