बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक
काठमाडौं । एसिसी यू–१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ ।
जितको लागि ७८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा देव खनाल २७ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे ।
अर्जुन कुमाल ३१ बलमा ५ चौकासहित ३२ रनमा आउट भए । ओपनर दीपक बोहरा ४, उत्तमथापा मगर डक र दीपक प्रसाद डुम्रे एक रनमा आउट भए । बहराइनका अन्स ओबैद सैइदले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।
बायाँ हाते युवा स्पिनर दीपेश कँडेलको घातक बलिङको सहयोगमा उक्र जित दर्ता गरेको हो ।
बहराइनलाई हराएसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ । लगातार दोस्रो जितका साथ नेपाल समूह ए को शीर्षस्थानमा छ ।
त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अल आउट भएको थियो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालले अन्तिम खेल बिहीबार साउदी अरेवियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ ।
प्रतियोगितामा हरेक समूहमा चार गरि चार समूह छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् ।
तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । साउदी अरेविया १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।