धादिङ भूकम्प : घरको छतबाट हामफाल्दा गोरखामा एक महिला घाइते
काठमाडौं। आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गोरखामा एक महिला घाइते भएकी छन् ।
साढे दुई तले पक्की घरको छतमा बसेर पूजा भाँडा माझ्दै गरेकी गोरखा नगरपालिका–३ नारेश्वरकी ३० वर्षीया सरस्वती थापा भूकम्प आएपछि छतबाट हामफाल्दा घाइते भएकी हुन् ।
उनको ढाड र बायाँ खुट्टामा चोट लागेको प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । गोरखा अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको उनले जानकारी दिए । भूकम्पका कारण भिमसेन थापा गाउँपालिकाको बोर्लाङमा केही घरहरुमा सामान्य क्षति भएको गोरखा प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।
धादिङ भूकम्प ःघरको छतबाट हामफाल्दा गोरखामा एक महिला घाइते
काठमाडौ। आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गोरखामा एक महिला घाइते भएकी छन् ।
साढे दुई तले पक्की घरको छतमा बसेर पूजा भाँडा माझ्दै गरेकी गोरखा नगरपालिका–३ नारेश्वरकी ३० वर्षीया सरस्वती थापा भूकम्प आएपछि छतबाट हामफाल्दा घाइते भएकी हुन् ।
उनको ढाड र बायाँ खुट्टामा चोट लागेको प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । गोरखा अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको उनले जानकारी दिए । भूकम्पका कारण भिमसेन थापा गाउँपालिकाको बोर्लाङमा केही घरहरुमा सामान्य क्षति भएको गोरखा प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।धादिङ भूकम्प ःघरको छतबाट हामफाल्दा गोरखामा एक महिला घाइते काठमाडौ। आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गोरखामा एक महिला घाइते भएकी छन् । साढे दुई तले पक्की घरको छतमा बसेर पूजा भाँडा माझ्दै गरेकी गोरखा नगरपालिका–३ नारेश्वरकी ३० वर्षीया सरस्वती थापा भूकम्प आएपछि छतबाट हामफाल्दा घाइते भएकी हुन् । उनको ढाड र बायाँ खुट्टामा चोट लागेको प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । गोरखा अस्पतालमा सामान्य उपचार पश्चात उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको उनले जानकारी दिए । भूकम्पका कारण भिमसेन थापा गाउँपालिकाको बोर्लाङमा केही घरहरुमा सामान्य क्षति भएको गोरखा प्रहरीले जनाएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।