हृदयाघातबाट बच्न आजैबाट त्याग्नुहोस् यी खानेकुरा
काठमाण्डौं । हृदयाघात अर्थात् हर्ट अट्याकबाट अधिकांश मानिसहरूको ज्यान गइरहेको छ । जति उमेर बढ्दै जान्छ हृदयाघातको सम्भावना पनि उति नै बढी हुन्छ ।
शरीरको प्रमुख अङ्ग मुटुको हरेक धड्कनबाट शरीरको सम्पूर्ण भागमा रक्त सञ्चार हुन्छ । यही मुटुको लागि आवश्यक अक्सिजन र पोषणयुक्त रक्त सञ्चार पनि स्वस्थ रक्त नलीबाट प्रवाह हुन्छ ।
मुटुको रक्त नलीमा अचानक अवरोध आएर मुटुको मांसपेशीमा रक्तसञ्चार कमीले हुने अवस्थालाई हृदयाघात भनिछ । यसले गर्दा मुटुको मांसपेशी मर्न थाल्छ, जसले गर्दा छाती दुख्नुका साथै बिभिन्न प्रकारका लक्षणहरू देखा पर्ने अवस्था सृजना हुन्छ । त्यस्तो समस्या भई हृदयाघात हुन्छ ।
धेरै जसो मानिसहरु खानपानमा बढी हेलचक्राई गरेका हुन्छन् । खानपानमा ध्यान नदिँदा र आवश्यक शारीरिक व्यायामको अभावमा हृदयाघातको खतरा बढी हुने गर्दछ । त्यस्तै मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग हृदयाघातको ठूलो कारण हो । त्यसै गरी, मोटोपना पनि हृदयाघातको अर्को कारण हो । मोटोपना भएपछि शरीरमा कोलेस्ट्रोलको खतरा बढी हुन्छ । कोलेस्ट्रोल भएको व्यक्तिलाई हृदयाघात हुने सम्भावना बढी हुन्छ ।
धेरै कामको चाप, मानसिक तनाव, चिन्ता, भय र उदासीनता, उच्च रक्त, कोलेस्ट्रोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्च रक्तचाप, मधुमेह, मोटोपन, व्यायाम र श्रमको कमी र धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले हृदयाघात हुनमा मद्दत गर्छन् ।
के कुरामा ध्यान दिने रु
विशेष गरि हृदयाघातबाट बच्नको लागि खाने कुराहरूमा विशेष ध्यान दिनु पर्दछ । घिउ, तेल, नौनी, छाली, वटर र वोसो चिल्लो पदार्थ पाइने खाद्य पदार्थ खानु हुँदैन ।
मुटु रोगीले माछा मासु नखाँदा राम्रो । माछा मासु खाएमा कोलेस्ट्रोल बढ्छ । र, त्यसले हृदयाघातको खतरा बढाउँछ । बदाम, काजु, मुङ फली, नरिवल जस्ता तौलिए फलहरू खानु हुँदैन । टन्न खाने बानी छ भने त्यो हटाउनुपर्छ ।
साँझ सकेसम्म खाना नखाने । दाल, तरकारीको सुप, उसिनेको सागसब्जी खाने । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बोनिकपेय, अल्कोहलिकपेय र बढी नुन र नुनिलो जिनिस नखाने । नियमित व्यायाम अर्थात् दैनिक आधादेखि १ घण्टा मर्निङ वाक गर्ने ।
एकपल्ट हल्का पसिना निकाल्ने र शरीरको कोमल अङ्गलाई समेत प्रभावित पार्ने खालको व्यायामले मुटु रोगमा राम्रो काम गर्दछ । मुटु रोगीका लागी विश्राम अत्यावश्यक छ । रातीको खाना पचिसकेपछि मात्रै सुत्ने बानी बसाल्नुपर्छ ।
सकारात्मक चिन्तन हृदयको लागि ठूलो ओखती हो त्यसैले सकारात्मक सोचहरू राख्ने । चुरोट, सुर्ती, जाँड रक्सी, वा अन्य नशालु पदार्थको सेवन मुटु रोगको ठूलो शत्रु हो त्यसैले यसको सेवन गर्नु हुँदैन । यस्ता मुटु रोगीहरू तनाव मुक्त हुनु पर्दछ । हृदयाघात रोग जुनसुकै समयमा पनि हुने भएकोले बेलाबेला चेक जाँच गरि राख्नु उचित हुन्छ ।