एमालेका साइबर सेनाले हटाइदिएको बालेनको पोष्ट फिर्ता
काठमाडौं । काठमाडौं मेयर बालेन्द्र साह(बालेन)ले हटाए भनिएको फेसबुक पोष्ट फिर्ता भएको छ ।
बालेनले नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटोसहित उनिबारे लेखेको पोष्ट हटाइएको थियो । बालेनको फेसबुकबाट उक्त पोष्ट हटेपछि कतिपयले बालेनले डिलिट गरेको आरोप लगाएका थिए ।
तर, बालेनले भने सरकारको दबाबका कारण फेसबुकले नै डिलिट गरेको बताएका थिए । मेयर बालेनले फेसबुकलाई रिभ्यू प्रस्ताव पठाएपछि फेसबुकले माफी मागेर पोष्ट फिर्ता गरेको जनाएका छन् ।