आईएसएमटी कलेजको उत्कृष्ट प्लान, पढाइसँगै जागिर पक्का !
काठमाडौँ । आईएसएमटी कलेजले नेपाली विद्यार्थीको भविष्य सुनिश्चित गर्ने योजनाका साथ अगाडी बढेको छ ।
नेपालमा बढ्दै गइरहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्ने र विद्यार्थीलाई स्वदेशमै रोजगारी र गुणस्तरीय शिक्षा दिने आईएसएमटी कलेजको मुख्य लक्ष्य हो ।
जसका लागि यो कलेजले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा र रोजगारीका लागि कलेजले ‘जब फिअर’ लगायतका कार्यक्रमहरू गर्दै आइरहेको छ ।
आईएसएमटी कलेजले चौथो ‘जब फिअर’ कार्यक्रम आज शुक्रवार सम्पन्न गरेको छ ।
आईएसएमटी कलेजले आफ्ना विद्यार्थीहरूलाई रोजगारीका लागि भौँतारिनु नपरोस् भन्ने उद्देश्यका साथ विभिन्न समयमा ‘जब फिअर’ कार्यक्रम गरेको हो ।
शुक्रवार भएको उक्त कार्यक्रममा एक सय ५० जना विद्यार्थीहरूले सेवा र परामर्श लिएका छन् ।
कार्यक्रममा १७ कम्पनीहरू सहभागी भएका थिए । आईएसएमटी कलेजका एकेडेमी कोर्डीनेटर ग्रिस दाहालले पहिलाको तुलनामा अहिले विद्यार्थीहरूको उत्सुकता धेरै रहेको बताए ।
आईएसएमटी कलेज बेलायत युकेको विश्वविद्यालय सन्डरल्याण्डको सम्बन्धनमा विगत २०११ देखी सञ्चालनमा छ ।