कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा
लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजिनामा दिएकी छन् ।
सोमबार संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उनले राजीनामा बुझाएकी हुन् ।
विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै उनले राजीनामा दिएकी हुन् । उनी २०७९ फागुन २९ मा सचेतक नियुक्त भएकी थिइन् ।