रानीपानीको श्रेष्ठ तोरी मिलमा तोरी पेल्नेको घुइँचो
काठमाडौं । दसैँ र तिहार नजिकएसंगै गाउँघरमा तोरी पेल्ने चटारो छ ।
तनहुँको भानुका स्थानीयलाई पनि अहिले तोरी पेल्न भ्याइ नभ्याई छ । गाउँका तोरी मिलमा तेल पेल्ने सर्वसाधारणको घुइँचो लाग्न थालेको छ ।
भानु नगरपालिका वडा नम्बर ९ रानी पानीमा रहेको श्रेष्ठ तोरी मिलमा तोरी पेल्ने सर्वसाधारणको घुइँचो नै लाग्न थालेको छ ।
श्रेष्ठ तोरी मिलमा शुद्ध तरिकाले तोरी पेल्ने र सेवा सुविधा पनि उत्कृष्ट छ । जसका कारण उक्त मिलमा तोरी पेल्नेको घुइँचो लाग्न थालेको हो ।
श्रेष्ठ तोरी मिलका सञ्चालक आसकाजी श्रेष्ठलाई अहिले तोरी पेल्न र मिलको काम गर्न भ्याइ नभ्याई छ । आसकाजी बिहानैदेखि साँझ अबेरसम्म मिलकै काम गरिरहेका हुन्छन् ।
दसैँ र तिहार नजिकिएकाले र सिजनको बेला भएकाले तोरी पेल्नेको भिड बढेको उनी बताउँछन् । उनले आफुले उत्कृष्ट सेवा दिइरहेकाले पनि श्रेष्ठ तोरी मिल नै सबैको रोजाइमा पर्न गएको बताए ।
उनले मिलको व्यवस्थापन अझै बलियो बनाएर काम गरिहरेको उनले सुनाए ।