देउवा रिसाएको एक सेकेन्डमै सरकार ढल्छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमै सरकार ढल्ने ठोकुवा गरेका छन् ।
।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधान बारे छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरू मिल्नुको विकल्प नभएको बताए । उनले अहिलेको सरकार दुई तिहाइको भनिए पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमा ढल्ने अवस्था रहेको बताए ।
उनले संविधानले व्यवस्था गरेको शासकीय स्वरूपमा नै अस्थिरता रहेको बताए । सभापति लामिछानेले रास्वपाले शासकीय स्वरूपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायकी सांसद बनाउनुपर्ने बताएको उल्लेख गरे । उनले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरूप बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
उनले दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने पनि त्यस्तो नदेखिएको बताए ।
उनले दुई तिहाइको सरकारका प्रधानमन्त्री र मन्त्रीहरूमा आत्मविश्वास नदेखिएको बताए । उनले सरकारको आत्मबल नहुँदा टिसर्ट लगाएको,बोलेकको आधारमा समाउने काम गरेर बसेको बताए । उनले दुई तिहाइको सरकार उपसभामुखलाई हटाउने लगायतका चलखेलमा लाग्नु जायज नभएको बताए ।
उनले दुई तिहाइको सरकारको कुनै प्राथमिकता नभएको बताए । उनले वर्तमान सरकारले संविधान संशोधन गर्ने भन्ने नाममा आफ्नो राजनीतिक स्वार्थको सौदाबाजी गर्न खोजेका भन्दै संविधानलाई सौदाबाजी गर्नु राम्रो नभएको बताए ।