उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइन
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन् ।
बुधवार औद्योगिक व्यापार मेला बुटवल—२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले महसुस उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने बताए । उनले साथै व्यवसायीहरूको इमानदारिताको आवश्यकता रहेको पनि बताए ।
उनले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको बताए । क्षणभरमा सकिने काम १० औं वर्षदेखि अल्झाएर राखिएको बताए ।
मन्त्री खड्काले सबैले इमानदारिताका साथ आफ्ना कर्तव्य पूरा गर्नुपर्ने बताए ।