गलत व्यक्तिको संगतमा नपर्नुस् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा पंक्तिलाई गलत व्यक्तिको संगतमा नपर्न आग्रह गरेका छन् ।
आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति चिनेर मात्र संगत गर्न युवा पंक्तिलाई आग्रह गरेका हुन् ।
उनले पछिल्लो समय समाजमा युवाहरुलाई भड्काउन अनेक क्रियाकलाप भइरहेका उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताए ।
गलत मान्छेको संगतमा परेर समय खेर फाल्नुभन्दा सयमको सदुपयोग गर्न जरुरी रहेको उनको भनाइ छ ।
नेकपा (एमाले) देश बनाउने अभियानमा हिँडेको उनको दाबी छ । अन्य राजनीतिक दलहरुले आफूलाई राम्रो भन्न नसकेका कारणले एमालेलाई नराम्रो भन्दै हिँडेको उनको टिप्पणी छ ।
कार्यक्रममा सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जितेकी विभा बस्नेत लगायत पार्टी प्रवेश गरेका हुन् ।