राजश्व र प्रशासनको शाखा अधिकृतको विज्ञापन अघि नबढाउन उच्च अन्तरिम आदेश
काठमाडौँ । उच्च अदालत पाटनले लोकसेवा आयोगबाट जारी शाखा अधिकृतका केही विज्ञापन अघि नबढाउन उच्च अन्तरिम आदेश जारी गरेको छ । सोमबार उच्च अदालतको संयुक्त इजलासमा न्यायाधीश लेखनाथ पौडेल र टीकाराम आचार्यको इजलासले यस्तो आदेश जारी गरेको हो ।
लोकसेवा आयोगले जारी गरेको विज्ञापन नम्बर ६७१–०८१/०८२ र ६७२–०८१/०८२ अन्तर्गत प्रशासन र राजस्व समूहका पदमा दरखास्त सङ्कलनको कार्य मात्र गर्न पाउने तर अन्य प्रक्रिया अघि नबढाउन भनेको हो। उच्चको यो आदेशसँगै दुई समूहको विज्ञापन रोकिएको छ ।