अराजक बने रविका समर्थक, वकिललाई नै कुटे

काठमाडौं । सहकारी पीडितको पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास भएको छ । बुधवार काठमाडौं जिल्ला अदालत परिसर बबरमहलमा अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास भएको हो ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि आक्रमणको प्रयास भएको हो ।
रवि लामिछानेलाई थुनाउने यही हो भन्दै आफुमाथि आक्रमण प्रयास भउको बरिष्ठ अभिवक्ता त्रिपाठीले बताए । त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।