एमाले अछामले बनायो तीन महिने कार्यक्रम, अध्यक्ष भन्छन्– अब बलियो हुन्छौँ

काठमाडौँ । नेकपा एमाले अछामले सङ्गठन विस्तार र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
पार्टीलाई बलियो बनाउन र स्थानीय कार्यकर्तालाई जागरूक गराउन नेकपा एमाले अछामले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
नेकपा एमालेले तीन महिने कार्य योजना तयार गरेको छ । नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले पार्टीलाई बलियो र सदस्यलाई जागरूक बनाउन तीन महिने कार्य योजना तयार पारेको बताए ।
“पार्टीलाई बनाउन लागि परेका छौँ । पार्टीविरूद्व भ्रम फैलाइएको छ, त्यो भ्रमलाई चिर्ने प्रयास गरिरहेका छौँ,“अध्यक्ष बोहराले खुला भ्वाइससँग भने, “तीन महिने कार्यक्रमले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउने छ ।“
नेकपा एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षे नं २ को बैठकले तीन महिने वडा केन्द्रित अभिमुखीकरण कार्यक्रम र पालिका, वडा, टोल, जनसङ्गठन केन्द्रित कार्य योजना निर्माण गरेको हो । कमलबजारमा सम्पन्न भएको बैठकमा एमालेका केन्द्रीय सदस्य तथा पुर्वसांसद यज्ञ बोगटी प्रमुख अतिथि थिए ।
कार्यक्रममा पार्टी अध्यक्ष बोहरासँगै युवा नेता डिबि साउँद लगायतको सहभागिता थियो । नेकपा एमाले अछामका युवा नेता डिबि साउँदले पार्टीलाई बलियो र रूपान्तरण गरिरहेको बताए ।
उनले पार्टी कार्यकर्ताको भावनालाई बुझ्दै पार्टीलाई र जनसङ्गठनलाई मजबुत बनाउन लागिरहेको बताए ।