कप्तान पूजाले बनाइन कसैले नबनाएकाे रेकर्ड
काठमाडौं । नेपाली महिला टोलीकी कप्तान पूजा महतो यु १९ विश्व कपको टिम अफ द टुर्नामेन्टमा पर्न सफल भएकी छिन् ।
आइतवार सकिएको विश्व कपमा सहभागी खेलाडी मध्ये उत्कृष्ट १२ खेलाडीमा नेपालकी कप्तान पूजा परेकी हुन् । टोलीमा पर्ने एसोसिएट राष्ट्रको खेलाडीमा पूजा एक्ली हुन् । उनले विश्व कप ५ खेलमा २३.३३ को औसतमा ७० रन बनाएकी थिइन् ।
पूजाको नाममा ९ विकेट समेत रहेको छ । टिम अफ द टुर्नामेन्टमा भारतका ४, दक्षिण अफ्रिकाका ३, इङ्ग्ल्याण्डका २ तथा नेपाल, श्रीलंका र अस्ट्रेलियाका समान १ खेलाडी रहेका छन् ।
विश्व कपको उपाधि आइतवार भारतले जितेको थियो । भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेको थियो । विश्व कपमा पहिलो पटक सहभागिता जनाएको नेपालले समूह चरणका ३ नै खेल गुमाएको थियो ।
प्लेअफमा भने नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो ।
टिम अफ द टुर्नामेन्ट : जि त्रिसा (भारत), जेमा बोथा (दक्षिण अफ्रिका), डाभिना पेरिन (इंग्ल्यान्ड), जी कमलिनी (भारत), कामोम्ह ब्रे (अष्ट्रेलिया), पुजा महतो (नेपाल), कायला रेनेके (दक्षिण अफ्रिकी) (कप्तान), केटी जोन्स (विकेटकिपर) (इंग्ल्यान्ड), आयुषी शुक्ला (नेपाल), चामोदी प्रवोदा (श्रीलंका), वैष्णवी शर्मा (भारत), थावीसेंग निनी (दक्षिण अफ्रिका)