नेपाली नागरिकहरू बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेट भर्नका लागि खाना खाने नभई स्वस्थ रहनका लागि खाना खानुपर्ने बताएका छन् ।
मंगलवारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली नागरिकहरू बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताए ।
उनले आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभई स्वस्थ रहनका लागि खानुपर्ने बताए । उनले स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताए । प्रधानमन्त्री ओलीले निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
स्वस्थ रहनका लागि सबैभन्दा पहिला व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने बताए । बिरामी हुनै नदिने कुरा महत्वपूर्ण रहेको बताए ।