बर्न अस्पताल पुगेर स्वास्थ्यमन्त्रीले भने – उपचारमा कमी नहोस्

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत जलनका सबै विरामीको उपचारमा कुनै हुन नदिन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले चिकित्सकहरूलाई आग्रह गरेका छन् ।
पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा शनिबार बेलुनमा आगो लाग्दा जलेर घाइते भएका दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत पौडेल र आचार्यलाई भेटेपछि मन्त्री पौडेलले चिकित्सकहरूबाट राम्रोसँग उपचार भइरहेको पाएको भन्दै कुनै कमी नल्याउन अनुरोध गरेको बताए ।
मन्त्री पौडेलको सचिवालयले जनाएअनुसार त्यसक्रममा उनले अरु बिरामीहरूको उपचार अवस्था र अस्पतालको सेवाबारे समेत जानकारी लिएका थिए ।