अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न आइपुगिन् रेखा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाल आइपुगेकी छन् ।
व्यावसायिक क्लब फुटबल खेल्न यूएईमा रहेकी रेखा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा राष्ट्रिय टोलीको खेलका लागि शनिबार नेपाल आइपुगेकी हुन् । रेखालाई एन्फाका अफिसियलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता यही फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुँदैछ । जहाँ नेपालसहित म्यानमार, लेबनान कीर्गिस्तान सहभागी छन् ।
कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा यसअघि नै नेपाल आइसकेकी छन् भने स्टार फरवार्ड सावित्रा भण्डारी सोमबार विहानसम्म आइपुग्ने तय छ । सावित्राले सोमबारको पहिलो खेल गुमाउने सम्भावना पनि छ ।