अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता : नेपालले कीर्गिस्तानलाई हरायो

काठमाडौं । सोमबारबाट काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले कीर्गिस्तानलाई हराएको छ ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफको खेल सकिँदा नेपालले गरेको एक गोल नै निर्णायक गोल बन्यो ।
नेपालकी बिमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएकी थिइन् ।
अब नेपालले दोस्रो खेल फागुन ८ गते लेबलानसँग खेल्नेछ । तेस्रो खेल फागुन ११ गते म्यानबारसँग खेल्नेछ । प्रतियोगितामा चार देशको सहभागिता रहेको छ ।