छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको सुनिश्चितता भइसक्यो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा भएको घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीकोको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताएका हन् । उनले नेपाली दुतावासले आग्रह गरेसँगै उक्त विश्वविद्यालयको छात्रावासले विद्यार्थीलाई फर्कन आग्रह गरेको उल्लेख गरे । उनले नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार गम्भिर रहेको समेत बताए ।
उनले भने, ‘नेपाली विद्यार्थीलाई त्यहाँ छात्रावासबाट बाहिर गर्ने काम भयो । त्यसपछि हाम्रो दिल्लीस्थित दुतावासले यसमा काम गरेको छ । दुतावासका पदाधिकारी भारत सरकार, उडिसाको प्रदेश सरकार र कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजी ९केआइआईटी०का रजिष्टार लगायको निरन्तर सम्पर्कमा रहेको छ । र हाम्रो दुतावासले गरेको अनुरोधअनुसार छात्रावासबाट हटाइएका नेपाली विद्यार्थीलाई सुरक्षित छात्रावासमा फर्काउनका लागि दुतावासले आग्रह गरेको थियो । केही समय पहिला सम्बन्धीत शैक्षिक संस्थाले स्टेटमेण्ट नै जारी गरेर नेपाली विद्यार्थीलाई फर्कनका लागि आग्रह गरेको छ र उनीहरुको पढाई तथा सुरक्षाको समेत सुनिश्चितता गरेको छ । त्यो वक्तव्य हामीले प्राप्त गरेका छौं । हाम्रा विद्यार्थी सुरक्षित रहनेछन् यसबारे सरकार गम्भिर छ । प्रकृति लम्सालको मृत्यु घटनाको स्वतन्त्र छानविन गर्नको लागि भारतस्थित हाम्रो दुतावासले भारत सरकारका सबै निकायको गम्भिर ध्यानाकर्षण गरेको छ ।’
उनले नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या घटनाको सत्यतथ्य छानविन गर्न समेत भारत सरकारलाई आग्रह गरेको बताए ।