त्रिपुरेश्वरको शंकास्पद वस्तु डिस्पोज

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
भर्खरै डिस्पोज गरेकाले उक्त वस्तु के हो भन्ने खुल्न बाँकी रहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
त्रिपुरेश्वर चोकनजिकै उद्योग विभाग अगाडी झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो।
सोही टोलीले उक्त वस्तु डिस्पोज गरेको हो।