भारतले भन्यो – नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकतामा

काठमाडौं । भारतस्थित ओडिसाको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा रुपन्देहीकी विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि भारतले विदेशी विद्यार्थीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताएको छ ।
भारतीय विदेश मन्त्रालयले शुक्रबार विदेशी विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको हो । शुक्रबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विदेशी विद्यार्थीहरूको सुरक्षालाई भारत सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।
जयसवालले नेपाली विद्यार्थीको सुरक्षा र जनकल्याणमा आवश्यक सबै कदम चालिने समेत बताए ।