किशोरावस्थामा अभिभावकले ख्याल गर्नुपर्ने यी ९ कुरा

काठमाडौं । किशोरावस्था उमेर संवेदनशील उमेर हो । यो उमेर शारीरिक, मानसिक तथा व्यवहारिक रूपमा परिवर्तन हुने उमेर हो ।
यसबेला अभिभावकले अभिभावकीय विशेष भूमिका निर्वाह गर्नुपर्छ । यहाँ अभिभावकले ख्याल गर्नुपर्ने ९ बुँदा प्रस्तुत गरिएको छ ।
– बच्चासँग अभिभावकभन्दा पनि साथीको व्यवहार गर्नुपर्छ ।
– उनीहरूको कुरा ध्यान दिएर सुन्ने र मनन गर्ने प्रयत्न गर्ने ।
– उनको व्यक्तिगत जीवन जिउन दिनुपर्छ, तर दिनचर्याको निगरानी गर्नुपर्छ ।
– ग्याजेटहरूको प्रयोगमा सीमितता व्यवस्था गर्नुपर्छ ।
– फोनमा केके हेरिरहेका छन्, त्यसको ख्याल पनि गर्नुपर्छ ।
– मनको कुरा व्यक्त गर्न प्रेरित गर्नुपर्छ ।
– उनीहरूको सपना र लक्ष्यप्रति साथ सहयोग गर्नुपर्छ ।
– उनीहरूलाई प्रर्याप्त निद्रा तथा सन्तुलित भोजन गर्न प्रेरित गर्नुपर्छ ।
– स्वतन्त्रता दिनुपर्छ, साथमा जिम्मेवारी पनि दिनुपर्छ ।