क्यान्सर पिडीतद्धारा सहयोगको याचना

काठमाडौं । रगतको क्यान्सरबाट पीडित काठमाडौँकी २९ वर्षीय दिपिका श्रेष्ठको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।
दिपिका श्रेष्ठको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो ।
काठमाडौं महानगरपालिका–१९ निवासी विजेन्द्र श्रेष्ठ अहिले क्यान्सर रोगबाट ग्रसित आफ्नी छोरी दिपिका लाई बचाउन लागि परेका छन् । विजेन्द्रले आफू एक महिनाको हुँदा आमा गुमाएको र त्यसपछि श्रीमतीको पनि क्यान्सरको उपचारकै क्रममा मृत्यु भएको बताउँदै उनको एक मात्र आशा उनकी छोरी लाई बचाउन सहयोगको अपिल गरेका छन् ।
अहिले दिपिका एक मैक्स सुपर स्पेशलिटी अस्पताल, साकेत नयाँ दिल्लीमा उपचाररत रहेकी छन् ।
उनका बुबा विजेन्द्रले छोरीको उपचारमा एक करोड भन्दा बढी रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको बताएका छन् ।
श्रेष्ठको उपचारका लागि यही महिना भित्र ५० लाख रुपैयाँ लाग्ने बताइएको छ।
सहयोग गर्न चाहनेलाई सिटिजन्स बैंक मा रहेको खाता नं.००७०१००००१४९००१० मा सहयोग जम्मा गरिदिन उनका बुवा विजेन्द्रले आग्रह गरेका छन् । साथै ई–सेवा तथा आईएमई पेबाट पनि सहयोग गर्न सकिने छ ।
सहयोगका लागि उनका बुवा विजेन्द्र श्रेष्ठको मोबाइल नम्बर ९८४९३२७७४२ मा सम्पर्क गर्न सकिने छ ।