स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटा

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा कार्यरत डा. देवकोटालाई बुधबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो।
सिफारिसमा परेका तीन जनामध्ये मन्त्रिपरिषद बैठकले डा. देवकोटालाई सचिवमा नियुक्त गरेको हो ।
स्वास्थ्य सेवामा डा देवकोटा २०५३ सालमा मेडिकल अधिकृतका सातौं तहबाट प्रवेश गर्नुभएका उहाँले जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।