अनेरास्ववियु जनप्रशासनले गर्यो मेमोरी पावर सेमिनार

काठमाडौँ । जनप्रशासन क्याम्पसमा एक दिने मेमोरी पावर सेमिनार सम्पन्न भएको छ ।
अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले आयोजना गरेको उक्त सेमिनारमा मेमोरी किंङ अर्पण शर्माले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा जनप्रशासन क्याम्पसमा अध्ययनरत ४ सय ५० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
सेमिनारमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा अनेरास्ववियु पूर्व अध्यक्ष माधव ढुङ्गेल प्रमुख अतिथि रहेका थिए ।
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्तो कार्यक्रम आयोजना गरिएको स्ववियु सभापति अग्र बहादुर शाहीले जानकारी दिए ।
विद्यार्थीहरूको लक्ष्य प्राप्तिका लागि उचित परामर्श र सहयोग गर्नु आफ्नो प्रमुख उद्देश्य रहेको उनले बताए ।
अनेरास्ववियुले जनप्रशासन क्याम्पसमा लोक सेवा आयोग लगायतका सरकारी सेवाको लागि पनि निःशुल्क तयारी गराइरहेको छ ।