शिक्षाको गुणस्तर बढाउन पहल गर्छु : वडाध्यक्ष भण्डारी

काठमाडौँ । रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारका वडाध्यक्ष तप्त बहादुर भण्डारीले शिक्षाको गुणस्तर बढाउन पहल गर्ने बताउनु भएको छ ।
उहाँले शिक्षाको समग्र विकासका लागि आफू सधैँ लागि परेको बताउँदै शिक्षाको गुणस्तर बढाउन पहल गर्ने बताउनु भएको हो ।
सुतार स्थित विन्देश्वरी नमुना माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले आफ्नै कार्यकालमा वडालाई शिक्षामा अब्बल बनाउने योजना रहेको बताउनुभयो ।
उहाँले शिक्षामा रूपान्तरणको आवश्यक्ता रहेको भन्दै आफ्नो तर्फबाट गर्न सकिने सहयोग गर्न तयार रहेको बताए ।
‘शिक्षामा रूपान्तरण आवश्यक छ, म आफ्नो तर्फबाट सबै सहयोग गर्न तयार छु,’ उहाँले भन्नुभयो, ‘शिक्षकले पनि सोही अनुसार पढाउनुपर्छ, विद्यार्थी पनि अनुशासित हुनुपर्छ ।’
अध्यक्ष भण्डारीले आफू जनताको काम गर्न जनप्रतिनिधि भएको भएको बताउँदै नागरिकका हरेक समस्यामा साथमै रहने बताउनु भयो ।