पुल्चोक इन्जिनियरिङ क्याम्पस स्ववियु सभापतिमा रोशन साउँदको उम्मेदवारीको चर्चा

काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी बढेको छ । कलेजमा विभिन्न सङ्गठनले उम्मेदवारी घोषणाको तयारी गरिरहेका छन् । केहीले भने चुनावको प्रचारप्रसार नै गरिरहेका छन् ।
जस अन्तर्गत नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको तर्फबाट विद्यार्थी माझ लोकप्रिय नेता रोशन साउँदको स्ववियु सभापतिको उम्मेदवारीको लागि चर्चा भइरहेको छ ।
विद्यार्थीमाझ नजिक रहेका साउँद पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सबैको रोजाइका विद्यार्थी नेता हुन् । विगतदेखि नै विद्यार्थी हकहित, शैक्षिक सुधार, र क्याम्पसमा देखिएका विकृति–विसङ्गतिको विरुद्धमा सङ्घर्ष गर्दै आएका साउद विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय छन् ।
उनी स्कुल लेभल देखि नै विद्यार्थी अधिकारको पक्षमा आवाज उठाउँदै आएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनका क्रममा लोकप्रिय विद्यार्थी नेताका रूपमा स्थापित भइसकेका छन् ।
विद्यार्थीहरूका सुख–दुःखमा सदैव साथ रहँदै आएका साउदले आफ्नो उम्मेदवारीबारे बोल्दै आफू शिक्षा सुधार, प्रविधिमा नवीनता, र कलेजको समृद्ध वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको बताएका छन् । उनले निम्न बुँदाहरूमा विशेष ध्यान दिने बताएका छन् :
इन्जिनियरिङ क्षेत्रमा नवाचार र प्रगतिमा जोड दिने
विद्यार्थी अधिकारको सुनिश्चितता गर्दै सशक्त विद्यार्थी समुदाय निर्माण गर्ने
शैक्षिक सुधार, प्रविधिमा नवीनता, र समृद्ध कलेज वातावरण निर्माण गर्ने
विद्यार्थीहरूको समस्या समाधान गर्न सक्षम नेतृत्व प्रदान गर्ने
इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार गर्दै कलेज व्यवस्थापनमा आवश्यक परिवर्तन ल्याउने
साउद स्ववियु सभापतिको उम्मेदवार भई निर्वाचित भएमा विद्यार्थीहरूका हकहित र कलेज व्यवस्थापन सुधारका लागि दृढ प्रतिबद्धता सहित काम गर्ने विश्वास व्यक्त गरेका छन्