बेसहाराको सहारा बनिरहेकी सुशीला खड्का

अछाम । अछामको साँफेबगर नगरपालिका घर भएकी सुशीला खड्काको परिचय फरक छ । सुशीला खड्का नाम मात्रै होइन, समाजसेवाको अर्को रूप पनि हो ।
उनले सुदूरका पहाडी जिल्लामा कयौँलाई सहयोग गरिसकेकी छन् । उनले समाजका असहाय, असक्त र विपन्न बालबालिकालाई आर्थिक सहयोग गरिरहेकी छन् ।
लामो समयदेखि सामाजिक सेवामा सक्रिय खड्काले पहाडी जिल्लाका बालबालिका र पछाडि परेका समुदायलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेकी छन् ।
सुशीलामा समाजसेवाको माध्यमबाट देशमा योगदान गर्ने सपना छ । जस कारण उनी सुदूरपश्चिमका सबैजसो पहाडी जिल्लामा आफै पुगेर सहयोग गर्छिन् ।
सहयोगको आवश्यकतामा रहेकाहरूलाई सुशीलाले आफूले सक्ने सहयोग गरिरहेकै हुन्छिन् । उनमा दुर्गम बस्तीहरूमा रहेका गरिब बेसहारा दिन दुखीको लागि केही गरौँ भन्ने हुटहुटी छ ।
त्यसैले पनि उनी दुर्गम बस्तीमै पुगेर सकेको सहयोग गर्छिन् । जस अन्तर्गत खड्काले बाजुराको कन्सन बाजुरामा रहेका अनाथ बालबालिकालाई आर्थिक सहयोग गरेकी छन् ।
उनले नगद १५ हजार र खाद्यान्न सहयोग गरेकी हुन् ।
बालबालिकाको स्वास्थ्य र खाद्यान्नमा सहयोग होस् भन्ने उद्देश्यले उनीहरूलाई आर्थिक सहयोग गरेको उनले बताइन् ।