सुतारमा एमालेको अभिमुखिकरण कार्यक्रम सम्पन्न

अछाम । अछामको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा नेकपा एमालेको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेलाई वडा र टोल स्तरबाटै बलियो बनाउन सुतारमा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
नेकपा एमालेका जिल्ला र प्रदेश स्तरका नेताहरूको सहभागितामा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कमल तिमिल्सिना, प्रदेश कमिटी सदस्य चक्र रावल, प्रभावशाली नेता डिबी साउँद, सुतारका वडाध्यक्ष तप्त भण्डारी र युवा नेता देवेन्द्र भण्डारी लगायत स्थानीय नेताहरूको सहभागिता रहेको थियो ।