नेपालमा यतिबेला आमसञ्चारका माध्यमको संख्या बढेको छ । हामी पनि यसमा थपिन आइपुगेका छौं ।
हामी अर्थात् खुला भ्वाइस मिडिया नेटवर्क । हामीले हाललाई खुला भ्वाइस अनलाइन पत्रिका चलाइरहेका छौँ यो त प्रारम्भ हो ।
हाम्रो लक्ष्य रेडियो संचालन गर्नेसम्मकाे छ ।
अहिले हामी खुला भ्वाइस अनलाइन मार्फत तपाईं समक्ष उपस्थित छौं । यस अनलाइनमार्फत हामी सूचनाको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्छौं ।
खुला भ्वाइसमा हामी खोजमूलक र घटनासँग सम्बन्धित विषयवस्तु सम्प्रेषण गर्छौं । आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तु उजागर गर्न सदा तत्पर रहने छौं । खुला भ्वाइसले राज्यका हरेक तहका लुकाइएका तथा लुकाउन खोजिएका सूचना सहज र सरल ढङ्गबाट नागरिकका लागि सम्प्रेरषण गर्ने छ । खुला भ्वाइस ले जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउने लक्ष्य लिएको छ। सुशासन र पादर्शिताका विषयमा तीन वटै तहका सरकारलाई खबरदारी गर्ने छ। राम्रा काममा उनीहरूसँग हातेमालो गर्न कत्ति पनि पछि पर्ने छैन ।
खुला भ्वाइस ले पस्कने सामग्रीमा दलीय संकीणर्ता हुनेछैन। दलभन्दा राज्य र नागरिक हाम्रा प्राथमिकतामा रहने छन् । यो हाम्रो मान्यता हाे ।
हाम्रो टिम
संचालक तथा सम्पादक : एकेन्द्र खत्री
सम्पर्क
खुला भ्वाइस मिडिया नेटवर्क, अछाम
कम्पनी दर्ता नं ………..
सूचना विभाग दर्ता नं …………….
सम्पर्क नम्वर : ९८४२२१८१२०
इमेल: [email protected]