देशभर थपिए ९३४ कोरोना संक्रमित, थप एकको मृत्यु
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।
५ हजार ३५१ स्वाब परीक्षण गर्दा ९३४ जनामा संक्रमण देखिएको हो । उनीहरूमध्ये २८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जनामा र २४८९ जनाको एन्टिजन परीक्षण गर्दा ४३६ जनामा संक्रमण पुष्टि भएको छ ।
आज एक जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४७० जना निको भएको मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ६८६ पुगेको छ ।