यूएईविरुद्ध नेपालको खराब सुरुआत
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी(२० शृङ्खलामा यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुआत गरेको छ ।
नेपालले २.१ ओभरमै महत्वपूर्ण तीन विकेट गुमाइसकेको छ । नेपालका ओपनर कुशल भुर्तेल पहिलो ओभरको चौथो बलमा मात्र एक रन जोडेर आउट भए ।
आशिफ सेखलाई साथ दिन आएका सोमपाल कामी पनि १।५ ओभरमा अकिफ राजाको बलमा वृत्य अरविन्दबाट क्याच आउट भए । उनले जम्मा २ रन बनाए । त्यसपछि आएका कुशल मल्ल २।१ ओभरमा शून्य रनमै आउट भए । ओभरको पहिलो बल वाइड भएको थियो । उनी दोस्रो बलमा रन आउट भए ।
नेपालले तीन विकेट गुमाउँदा ११ रन मात्रै बनाएको थियो ।
अहिले आशिफसँग कप्तान रोहित क्रिजमा छन् ।
यसअघि यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।