प्रकाशमान सिंह राउत प्रधानन्यायाधिशमा सिफारिस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ ।
सोमबार बसेको संवैधानिक परिषद्को बैठकले राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा रानामगरले बताइन् ।
अब संसदीय सुनुवाई समितिबाट राउतको नाम अनुमोदन भएमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।