श्रीलंकामाथि नेपालको शानदार जित, सेमिफाइनल पुग्यो
काठमाडौं । साफ महिला च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । नेपालले शानदार जित निकालेसँगै नेपाल समूह विजेता बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक एक गोल गरिन् । सविताले खेलको आठौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
यस्तै खेलको ११औँ मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै २–० को अग्रता दिलाइन् । यसैगरी खेलको १३औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–० को अवस्थामा पु¥याइन् । यस्तै रेखाले नै खेलको ३६औँ मिनेटमा थप गोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् ।
दोस्रो हाफमा नेपालले दुई गोल मात्र गर्नसक्यो । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गरे । अमिशाले खेलको ४७ औँ मिनेटमा तथा रश्मीले खेलको ९४औँ मिनेटमा गोल गरे ।
अब नेपालले घरेलु मैदानमा च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग खेल्ने भएको छ ।