जसको कोही छैन, उसका लागि पारस छन् !
काठमाडौँ । पारस रावल सुदूरपश्चिममा चिरपरिचित नाम हो । समाजसेवा र सिर्जन युवा रावलको घर बाजुरा हो । रावल समाजका असहाय, अशक्त र दिन दुखीलाई विभिन्न सहयोग र सद्भाव प्रकट गर्दै आइरहेका छन् ।
सानैदेखि समाजसेवामा रुचि राख्ने रावल सबैका प्रिय छन् । उनले बालबालिकादेखि बृद्धबृद्धासम्मका दुःखमा साथ दिन्छन् । कोही बिरामी पर्दा होस् या कसैलाई आर्थिक अभाव हुँदा होस्, पारस सधैँ सहयोग गर्न अघि सर्छन् ।
जस अन्तर्गत पारसले फेरी नयाँ अभियान चलाएका छन् । आमा बुवा गुमाएका अनाथ बालबालिकाका लागि तिहार खर्च जोह गर्न उनले आर्थिक सहयोग सङ्कलन अभियान चलाएका हुन् ।
कन्सन बाजुरा संस्थामा रहेका अनाथ बालबालिकाका लागि पारसले उक्त अभियान सञ्चालन गरेका हुन् ।
अभियानमा सङ्कलन भएको १० हजार रकम बालबालिकाहरूका लागि हस्तान्तरण गरिएको छ ।
अनाथ बालबालिकाका लागि महिला अधिकारकर्मी पशुपति कुँवरले ५ हजार सहयोग गरिन् ।
यस्तै समाजसेवी तथा युवा नेता भरत कुँवरले ३ हजार, रण सावदले १ हजार र चक्र थापाले १ हजार आर्थिक सहयोग गरे ।
आमा बुवा गुमाएका अनाथ बालबालिकालाई खाद्यान्न र लुगा कपडाका लागि सहयोग अभियान सञ्चालन गरिएको उनले बताए ।
‘दसैँ तिहारमा नयाँ लुगा किनेर र अन्य रमझम नगरेर हामीले सहयोग अभियान चलाएका छौँ,’उनले भने,‘आमा बुवा गुमाएका अनाथ बालबालिकालाई सहयोग गर्न यो अभियान चलाएका हौँ । सबैले साथ दिनुहोला ।’
साथै उनले अन्य असहाय र अशक्त नागरिकलाई पनि सहयोग गरिने बताए । उनले जाडोका लागि लत्ताकपडा र भोकै बस्न नपरोस् भनेर खाध्यन्न सहयोग गरिने उनले बताए ।
अभियानमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।