अछाममा मनाइयो राष्ट्रिय योग दिवस
अछाम । अछाममा राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामको आयोजनामा राष्ट्रिय योग दिवस मनाइएको हो ।
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भने नाराका साथ योग दिवस मनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालको अध्यक्षतामा योग दिवस मनाइएको हो । कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र अछामका प्रमुख दीपकराज पन्त लगायतका व्यक्तिहरूको सहभागिता थियो ।
प्रमुख पन्तले योगबारे सहभागीलाई जानकारी गराएका थिए । उनले शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यलाई सन्तुलन राख्न योग अनिवार्य रहेको बताए ।