शैक्षिक रूपान्तरण अभियानबाट रामाराेशनले देखाएको बाटो
अछाम । अछामको रामाराेशन गाउँपालिकाले शैक्षिक रूपान्तरण अभियान संचालन गरेको छ ।
शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले शैक्षिक रूपान्तरण अभियान सुरू गरेको हाे ।
अभियान अन्तर्गत पालिकाले सबै वडामा रहेका सामुदायिक विद्यालयमा विभित्र छलफल कार्यक्रम गरेको छ ।
पालिकाले शिक्षा क्षेत्रका समस्या पत्ता लगाएर समाधान गर्ने, सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, शैक्षिक सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाई समेत जागृत गर्ने उद्देश्यले यस्तो कार्यक्रम संचालन गरेको हाे ।
असोज ५ गतेबाट सुरु भएको दोस्रो चरणको रुपान्त्रण अभियानको शुक्रावार वडा नम्वर ५ स्थित निलकण्ठ माविमा भेला गरेर समापन गरिएको छ ।
शैक्षिक सुधारका लागि सुरु भएको अभियान अन्तर्गत ७ वटै वडामा जागरण भेला गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिए ।
शिक्षाको गुणस्तर वद्धि गर्न सवै विद्यालयका प्रधानाध्यापकसँग असोज ५ गते सम्झौता गरिएको उनले बताए ।
जसले सम्झौताको सफल कार्यान्वयन गर्छ उ प्रअ हुने र कार्यान्वयन नगर्नेको प्रअ पद खोसिने सहमति भएको पनि भण्डारीले जानकारी दिए ।
पालिकाले आवश्यक दक्ष शिक्षक, भौतिक संरचना तथा शैक्षिक सामग्री उपलब्ध गराउने र शिक्षकले विद्यार्थीलाई जान्ने गरि पढाउने सम्झौता भएको पनि उनले बताए ।
बालबालिकालाई घरायसी काममा नलगाएर नियमित रुपमा विद्यालय पठाउनु पर्ने र विद्यार्थीले पनि नियमित रूपमा विद्यालयमा आउनै पर्ने भण्डारीले सुझाव दिए ।
प्रत्येक विद्यालयको नियमित रुपमा अनुगमन हुने भन्दै भण्डारीले कम्जोर सिकाइ रहेको विद्यालयमा सम्वन्धित विषय शिक्षकलाई कारवाही गरिने पनि उनले बताए ।
यो अभियान प्रदेशमै सबैभन्दा नयाँ र उत्कृष्ठ रहेको पनि भण्डारीले दाबी गरे ।