विद्यालय बस दुर्घटना मृतकको पहिचान सहित

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ५ कात्तिकेस्थित साँखु सडक खण्डमा बुधवार साँझ विद्यालय बस ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका(७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपालचोक बलेफी गाउँपालिका(७ का २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोकै १४ वर्षीया शुशाङ्का डोटेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक ९एसपी० अपिलराज बोहराले बताए ।
‘ब्रेक फेल’ भई विद्यालय बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७९५८ नम्बरको बस नगरकोटमा पिकनिक मनाएर फर्किरहेको अवस्थामा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।