स्ववियु निर्वाचनमा उम्मेदवार नरहेको लामाको घाेषणा

काठमाडाैं । अनेरास्ववियु आरआर क्याम्पस कमिटी सहसचिव उमेश लामाले चैत्र ५ गते हुने स्ववियू निर्वाचनकाे चुनावमा उम्मेदवार नरहेकाे घाेषणा गरेका छन् ।
संगठनका तर्फबाट प्रत्यक्ष सदस्य पदका उम्मेदवार बनाइएका लामाले उम्मेदवार नरहने घाेषणा गरेका हुन् ।
आज मात्र घाेषणा भएकाे टिममा केन्द्रिय कमिटीले पठाएकाे उम्मेदवारकाे लिष्टमा लामा काेषाध्यक्षकाे उम्मेदवार रहे पनि पछि क्याम्पसमा नाटकिय ढंगल नेकपा एस निकट अनेरास्ववियूसँग एमाले निकट अनेरास्ववियुले गठबन्धन गर्दा लामाकाे काेषाध्यक्ष पद खाेसिएकाे लामाले बताए ।
‘मैंले एकल ल्याउने मत जति मत पनि नभएकाे संगठनसँगकाे तालमेलले म जस्ता अन्य साथिहरू पनि चुनावी मैदान बाहिरिनु पर्ने अवस्था आएको छ’ लामाले भने ‘यति मात्र हाेइन भाैगलिएताकाे रटान लगाउनेहरूले आफ्ना भुगाेलका मान्छे च्याप्नाले पनि हामी पछि पर्नुपर्ने बाध्यता ल्याइयाे । याे हामीलाइ मान्य हुने छैन । बरू चुनावी मैदान बाहिरै रहने निर्णय गरेकाे छु ।’