लोकेश खड्का, जो आरआर क्याम्पसको मुहार फेर्ने चाहन्छन्

काठमाडौँ । मूल राजनीतिको आधारशिला एवम् नर्सरी हो स्ववियु निर्वाचन । शिथिल बनेको विद्यार्थी राजनीति स्ववियु निर्वाचन नजिकिएसँगै एकाएक तातेको छ ।
देशकै ठुलो मानविकी र समाजशास्त्र अध्ययन अध्यापन हुने क्याम्पस हो रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) । यही क्याम्पसका चर्चित अनुहार हुन् लोकेश कुमार खड्का । अनेरास्ववियु आरआर क्याम्पसका अध्यक्ष समेत रहेका खड्का स्ववियु सभापतिका उम्मेदवार हुन् ।
मेहनती, सृजनशील र विद्यार्थी माझ आफ्नो छुट्टै छवि बनाएका खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुले स्ववियु सभापतिको उम्मेदवार बनाएको छ । विद्यार्थीमाझ निकै लोकप्रिय खड्का विगत लामो समयदेखि अखिलमा सक्रिय छन् ।
बझाङ घर भएका खड्का आरआर क्याम्पसका अनेरास्ववियुका चर्चित नेता हुन् । विद्यार्थी माझ नजिक रहेका खड्का आरआर क्याम्पसमा सबैको रोजाइ पर्ने विद्यार्थी नेता हुन् । आरआर क्याम्पसमा अध्ययनका क्रममा लोकप्रिय विद्यार्थी नेताका रूपमा खड्का स्थापित भइसकेका छन् ।
विगतदेखि नै विद्यार्थी हकहित, शैक्षिक सुधार, र क्याम्पसमा देखिएका विकृति–विसङ्गतिको विरुद्धमा सङ्घर्ष गर्दै आएका खड्का क्याम्पसको मुहार फेर्ने प्रयासमा छन् ।
अनेरास्ववियु आरआरका अध्यक्ष समेत रहेका खड्का स्कुल लेभल देखि नै विद्यार्थी अधिकारको पक्षमा आवाज उठाउँदै आएका छन् ।
विद्यार्थीहरूका सुख–दुःखमा सदैव साथमा रहँदै आएका खड्काले आफू शिक्षा सुधार, प्रविधिमा नवीनता, र कलेजको समृद्ध वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
खड्का विद्यार्थी अधिकारको सुनिश्चितता गर्दै सशक्त विद्यार्थी समुदाय निर्माण गर्ने र शैक्षिक सुधार, प्रविधिमा नवीनता, र समृद्ध कलेज वातावरण निर्माण गर्ने योजना रहेको बताउँछन् ।
उनले आफ्नो प्यानललाई भोट दिएर जिताउन सबै विद्यार्थीलाई आग्रह गरेका छन् ।