काठमाडौं । तनहुँको भानु नगर उद्योग वाणिज्य संघको चौथा साधारण सभा सम्पन्न भएको छ ।
भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी को प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

महिला उद्यमी तथा सम्पूर्ण व्यवसायीहरूको सक्रिय उपस्थितिमा आर्थिक वर्ष २०८०/०८१ को आय व्याय हिसाब बन्द सत्रबाट सर्वसम्मत पास भई चौथो साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा उप–प्रमुख उमा गोतामे, तनहुँ जिल्लका पूर्व उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, भानु नगरपालिका वडा नं। १ का अध्यक्ष कान्छिमाया तामाङ्ग, वडा नं। ९ का अध्यक्ष मिन बहादुर गुरुङ्ग, वडा नं। १० अध्यक्ष हरिहर उप्रेती लगायत राजनैतिक दलका प्रतिनिधिहरू सहित अन्य समाजसेवी एवं बुद्धिजीवीहरू उपस्थित रहेका थिए ।
सो कार्यक्रमका प्रमुख अतिथि त्रिपाठीले व्यवसायिक हक हितको लागी उद्योग वाणिज्य संघ आवश्यक रहेको बताए । उनले भानु नगरपालिकाले पनि पालिकाको समग्र आर्थिक विकासको लागी विभिन्न किसिमका उत्पादन तथा व्राण्डिङ्गको कार्य सुरुवात भन्दै यस कार्यमा उद्योग वाणिज्य संग समन्वय गरी अगाडी बढ्ने बताए छन् ।
वर्तमान समयमा सरकारको दोहोरो कर, कर सम्बन्धी शिक्षाको कमी र स्पष्ट नीति नियम नहुनाले व्यवसायीहरूले समस्या भोग्दै आउनुपरेकोले यस विषयमा सबै तहका सरकारले विशेष ध्यान पुर्याउनुपर्ने कुरामा जोड दिँदै व्यवसायीहरूको प्रतिनिधि कृष्ण ढुङ्गानाले गुनासो व्यक्त गरे ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरू नेपाली कांग्रेसका नगर सभापति रामकुमार श्रेष्ठ, नेकपा एमाले नगर कमिटी अध्यक्ष शंकर रानाभाट एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कमिटी अध्यक्ष विवेक न्यौपानेले लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य प्रथम उपाध्यक्ष राजन श्रेष्ठ र धन्यवाद ज्ञापन द्धितिय उपाध्यक्ष लाल कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालन महासचिव कृष्ण चन्द्र कोईरालले गरेका थिए ।