काठमाडौं । अनेरास्ववियुका युवा नेता कमल साउँद अनेरास्ववियु अछाम–काठमाडौं सम्पर्क कमिटीको अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिवार साउँदको नेतृत्वमा २१ सदस्य रहेको कमिटी गठन गरिएको हो ।

अछामबाट काठमाडौंमा अध्ययनरत विद्यार्थीको हकहितका लागि काम गर्ने उद्देश्यका साथ अछाम– काठमाडौं सम्पर्क कमिटी गठन गरिएको हो ।
अध्यक्षमा निर्वाचित साउँद अनेरास्ववियुका सक्रिय विद्यार्थी हुन् ।