तनहुँ । नेपाल विद्यार्थी संघले कर्मदा माविलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।
नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ भानु नगर कार्य समितिले कर्मदा माविलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको हो ।

आज शनिवार एक कार्यक्रमको आयोजना गरेर नेपाल विद्यार्थी संघले बिका ५६ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालयलाई खेलकुदको सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल विद्यार्थी संघ भानुका सभापति सुजन थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेबिसंघका पूर्व महामन्त्री तथा भानु नगर प्रमुख आनन्दराज त्रिपाठी प्रमुख अतिथि थिए ।
विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकोमा नेपाल विद्यार्थी संघलाई कर्मदा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घराज पाण्डेले धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिपाठीले नेविसंघले गरेको सहयोग अतुलनीय रहेको बताए ।
उनले विद्यार्थीको शैक्षिक र खेल क्षेत्रको विकासको लागि नेविसंघको काम सकारात्मक रहेको भन्दै प्रशंसा गरे ।





