
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय अभ्यासमा आफूहरु अनुभवी भइसकेको दाबी गरेको छ ।
सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सांसद मनिष झाले आफूहरु संसदीय अभ्यासमा अनुभवी भइसकेको बताएका हुन् ।

उनले गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसाको प्रकरणमा संलग्नता रहेको कुरा सञ्चारमाध्यममा आइरहेको भन्दै बैठकमा सो बारेमा छलफल भएको बताए ।
सांसदहरुले बैठकमा आफ्ना धारणाहरु राख्नुभएको र नेताहरु रणनीति बनाउने काम गरिरहेको उल्लेख गरे । विगतमा कुनैपनि प्रश्न उठ्दै गर्दा नेताले राजीनामा दिएर प्रक्रियालाई सघाउनुपर्छ भन्ने दृष्टान्त, व्याख्याहरु वर्तमान गृहमन्त्रीले बिर्सिनुभएको बताए ।
उनले भने– ‘गृहमन्त्रीज्युको भिजिट भिसाको प्रकरणमा संलग्नता र आज विभिन्न दलहरुले गरेको बैठक, त्यसबाट आएको अभिमत, राजनीतिक स्टेटमेण्टहरु आएको छ, त्यसको बारेमा हाम्रो रणनीति के हुन्छ, त्यसको बारेमा आवश्यक छलफल गरेका छौँ । आज यथेष्ट रुपमा यो एजेण्डामा सबैले आफ्नो अभिमत राखेर सबैको अभिमत सुनेर नेतागणले रणनीतिक तयारी गरिरहेका छौँ । हामी अब सदनमा अनुभवी भइसकेका छौँ । पहिला प्लान गर्दथ्यौँ । अब हामी रियलाइज गर्ने अवस्थामा पुगिसक्यौँ । विगतमा कुनैपनि प्रश्न उठ्दै गर्दा नेताले राजीनामा दिएर प्रक्रियालाई सघाउनुपर्छ भन्ने दृष्टान्त, व्याख्याहरु वर्तमान गृहमन्त्रीज्युले लगभग एक वर्षअघि सदनमा प्रश्तुत गर्नुभएको थियो । हामी उहाँलाई भोलि त्यो सम्झाउन चाहन्छाँै । ’
सांसद झाले आफूहरुले प्रश्न सोध्न पाउनुपर्ने र सोध्दै नसोधको प्रश्नको तयारी गरेर जवाफ दिन नमिल्ने बताए ।
संसदमा गृहमन्त्री लेखकलाई जवाफ दिएर लुसुक्क हिँड्ने काम गर्न नदिने बताए । काँग्रेसको पदाधिकारी बैठकले आरोपको क्लिन चिट दिन नमिल्ने तर्क गर्नुभयो ।

लेखकको बारेमा

प्रतिक्रिया
Leave a Reply Cancel Reply


Wyatt4653
Monday, June 2nd, 2025
Abbie2855
Monday, June 2nd, 2025
Jeffrey1319
Sunday, June 1st, 2025
Andrew2391
Sunday, June 1st, 2025
Jamal2643
Sunday, June 1st, 2025
Wesley799
Sunday, June 1st, 2025
Simon1336
Sunday, June 1st, 2025
Jasper1999
Saturday, May 31st, 2025
Carlos2251
Saturday, May 31st, 2025
Percy511
Friday, May 30th, 2025
Wesley348
Friday, May 30th, 2025
Brynn2858
Friday, May 30th, 2025
London1563
Thursday, May 29th, 2025
Elsie4487
Thursday, May 29th, 2025
Amelie3872
Thursday, May 29th, 2025
Abram4857
Thursday, May 29th, 2025
Melissa4764
Thursday, May 29th, 2025
Jason1704
Wednesday, May 28th, 2025
Madeleine3515
Tuesday, May 27th, 2025

Caleb4440
Tuesday, May 27th, 2025प्रतिक्रिया 22


Wyatt4653

Abbie2855

Jeffrey1319

Andrew2391

Jamal2643

Wesley799

Simon1336

Jasper1999

Carlos2251

Percy511

Wesley348

Brynn2858

London1563

Elsie4487

Amelie3872

Abram4857

Melissa4764

Jason1704

Madeleine3515

