काठमाडौं । नेकपा (माओवादी केन्द्र) की समानुपातिक सांसद छिरिङल्यामु लामुको चरित्र हत्या गरेको आरोपमा राप्रपा निकट प्रजातान्त्रिक युवा सङ्गठनका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।
केन्द्रीय सदस्य रमेशबहादुर बडु (बाग) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सांसद लामाले दिएको उजुरीका आधारमा साइबर ब्युरोले आइतबार बागलाई पक्राउ गरेको थियो ।

उनलाई काठमाडौं जिल्ला अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
सांसद लामाले बागले एआई प्रविधिबाट बनाएको भ्रामक भिडियो सामाजिक सञ्जालमा सेयर गरी उनको चरित्र हत्या गरेको बताएकी छन् । भिडियोमा सांसद लामाले एक युवकसँग ओठमा चुम्बन गर्दै गरेको देखिन्छ ।