काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गरेका हुन् ।
उनले उपभोक्ता र व्यवसायीहरु सरकारले करका नीतिमा अप एण्ड डाउन गरिरहेको र जसले विश्वसनीयतामा समस्या भएको भन्ने गुनासो गर्ने गरेको भन्दै अब विश्वासका साथ रहन आग्रह पनि गरे ।

‘हामी स्थिर कर नीतिको पक्षमा छौँ । करको दायरा बढाउन जरुरी छ । करको दरहरूमा पनि सामूहिक परिमार्जन गर्नुपर्ने आवश्यकता बेला बेलामा हुन्छ । तर हामी मुलतस् एउटा कर नीति र करका दरहरुमा सापेक्षित स्थिरताको पक्षमा छौँ । विश्वसनीयताको पक्षमा छौँ । त्यस हिसाबले अहिलेको बजेट प्रस्तुत भएको छ,’ अर्थमन्त्री पौडेलले भने ।
करको दायरा भने बढाउन जरुरी रहेको बताउँदै उनले सरकार मुलतस् एउटा कर नीति र करका दरहरुमा सापेक्षित स्थिरताको पक्षमा रहेको बताए ।
‘पछिल्लो दिनमा एउटा अनुभुति उपभोक्ता र व्यवसायीहरूबीचमा पनि के छ भने आशंका, हाम्रो करको नीति विश्वसनीय छैन । सरकारले के गर्छ, के गर्छ, अप एण्ड डाउन, तल माथि । यता उति गरिरहन्छ भन्ने आशंका थियो । त्यो आशंका निजी क्षेत्र, कर कर्ताहरू कसैले पनि गर्न पर्दैन,’ उनले भने ।
उपप्रधानमन्त्री पौडेलेल जलविद्युतको उत्पादन प्रवर्द्धन गर्ने, लचिलो नीति ल्याउने काम आफूहरुले विगतमा गरेको बताए ।