काठमाडौं । वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडे निवासी दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई बिल भुक्तानीका क्रममा घुस लिएको सूचना प्राप्त भएपछि अख्तियारको टोली दाहाल कार्यरत वीर अस्पताल पुगेको थियो ।
सोही क्रममा उनको कार्यकक्षबाट उक्त रकम र एक थान मोबाइलसहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।