काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा गम्भीर विवाद उत्पन्न भएको छ ।
काठमाडौं–४ मा भएको प्रतिनिधि चयनमा आन्तरिक तनाव सतहमा आएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहले मतदानमा सहभागी नै नभएका सदस्यका नाममा मत खसालिएको पाइएको हो ।

यति मात्रै होइन, पहिले नै मृत्यु भइसकेका सदस्यहरूको नामसमेत प्रयोग गरिएको आरोप लगाएको छ । यसले निर्वाचन प्रक्रिया नै शंकास्पद बनेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
बागमती प्रदेशका यातायातमन्त्री जयराम थापा, काठमाडौं क्षेत्र नम्बर ४ का संयोजक राजन पोखरेल र युवा नेता अजित कुमार लामालाई प्रतिनिधि बन्नबाट रोक लगाइएको छ ।
उनीहरूलाई बुढानिलकण्ठ–१३ वडा समितिले योजनाबद्ध रूपमा निष्क्रिय पार्ने प्रयास गरेको आरोप लगाइएको छ ।





